Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

  • आइतवार, जेठ २३ २०७८

  • 735
    SHARES

  • गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ।

    न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    राष्ट्रिय जनमोर्चाले थापालाई दलबाट निष्कासन गरी प्रदेशसभालाई जानकारी गराएको थियो । प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले थापालाई उनको दलले कारबाही गरेको पत्र प्राप्त भएको जानकारी गराएपछि थापा पदमुक्त भएका थिए ।

    त्यसविरुद्ध थापाले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गरिएको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चले थापाले दलको ह्वीप उल्लंघन गरेको नदेखिएकाले उनले दल त्याग गरेको मान्न सकिन्छ कि सकिँदैन भन्ने पुष्टि नभएको बताएको छ ।


    आइतवार, जेठ २३ २०७८०५:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij