Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वामदेव भन्छन्, 'महतोको देश विखण्डन गर्ने आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक छ'

वामदेव भन्छन्, 'महतोको देश विखण्डन गर्ने आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक छ'

  • शनिवार, जेठ २२ २०७८

  • 953
    SHARES

  • वामदेव भन्छन्, 'महतोको देश विखण्डन गर्ने आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक छ'

    काठमाडौं– नेकपा (एमाले)का नेता वामदेव गौतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफूलाई आश्चर्य लागेको नेता गौतमको भनाइ छ ।

    ’नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ’नेपालको संविधानको धारा (३) मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा (४) मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटामात्र राज्य छ त्यो नेपाल हो ।’

    नेता गौतमले महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन नसक्ने ठोकुवासकेत गरेका छन् ।

    ’नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोधमात्र गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको छु ।’

    Capture.PNG

     


    शनिवार, जेठ २२ २०७८०३:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij