Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

  • शनिवार, जेठ २२ २०७८

  • 724
    SHARES

  • खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ ।

    आज दिउँसो भर्चुअल मिटिङले बिहिबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । तर बैठक कति बजे बस्ने भन्नेबारेमा भने अहिले नै नतोकिएको उहाँको भनाइ छ ।

    अस्ति र हिजो गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उहाँका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।

    बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

    स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने शाक्यले बताउनुभयो ।


    शनिवार, जेठ २२ २०७८०९:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij