Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नागरिकता अध्यादेशबिरुद्धको रिट २७ गते सम्मलाई ‘हेर्दाहेर्दै’मा

नागरिकता अध्यादेशबिरुद्धको रिट २७ गते सम्मलाई ‘हेर्दाहेर्दै’मा

  • शुक्रवार, जेठ २१ २०७८

  • 1.1K
    SHARES

  • नागरिकता अध्यादेशबिरुद्धको रिट २७ गते सम्मलाई ‘हेर्दाहेर्दै’मा

    काठमाडौँँ । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट सो रिटमा प्रारम्भिक सुनुवाइ शुरु भएको हो ।

    जेठ २७ मा फेरि सुनुवाई गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको रिट निवेदक कुलबहादुर बोगटीले बताउनु भयो । अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन् । आज चारजना निवेदकका तर्फबाट बहस भएको छ ।

    नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गर्नु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राख्नु भएको छ।

    रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको थियो ।


    शुक्रवार, जेठ २१ २०७८०२:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij