काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संशोधन विरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुने भएको छ ।
अधिवक्ता विष्णुकुमार गिरी र गणेशकुमार शर्माले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराउनु भएको छ ।
दर्ता गरेकै बेला सर्वोच्च अदालतले सो रिट उपर आज सुनुवाई गर्नेगरी पेशी तोकेको थियो।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
संसदको राज्य व्यवस्था समितिबाट पारित भएर नागरिकता ऐन–२०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।
संसदबाट विद्येयक पारित हुने अन्तिम अवस्थामा रहेका बेला सरकारले आफु खुशी संविधान संशोधन गरेर अध्यादेश जारी गरेको हुनाले सो अध्यादेश खारेज हुनु पर्ने उहाँहरुको जिकिर छ