Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
खनाल-नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ :

'एमाले जोगाउन इमान्दार प्रयास गरिहेका छौं'

'एमाले जोगाउन इमान्दार प्रयास गरिहेका छौं'

  • बिहिवार, जेठ २० २०७८

  • 858
    SHARES

  • 'एमाले जोगाउन इमान्दार प्रयास गरिहेका छौं'

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यहरुले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।

    भर्चुअल माध्यमबाट भएको खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेताहरु खनाल र नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतकाले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग अनौपचारिक छलफलमा रहेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका निम्ति इमान्दार पहल भइरहेको बताउनुभयो ।

    ‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ’, उहाँले भन्नुभयो ।

    उहाँले केन्द्रीय सदस्यहरुलाई नआत्तिनसमेत आग्रह गर्नुभएको छ । ‘हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेको भनाइ थियो ।

    पाण्डेसँग मिल्दो ब्रिफिङ नेता भुसालले पनि गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् । बैठकमा धारणा राख्दै नेता खनालले एमाले पार्टी एजेण्डामा बाँच्न नसकेकाले अहिलेको संकट आएको बताउनुभएको थियो ।

    ‘पार्टी एजेण्डामा बाँच्नुपर्थ्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भन्नुभयो ।

    भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, खनालले संगठन मात्रै ठूलो नभएर केही नहुने भएकाले एजेण्डामा आधारित बनाउनुपर्ने बताउनुभएको हो । खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टीभित्र भइरहेको विवाद र वार्ताबारे बुझ्न भर्चुअल भेलाको माग राखेका थिए ।

    यता, एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेका बेला हिजोका लागि तय भएको बैठक आजलाई सारिएको थियो ।

    खनाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि ओली पक्षले भने अबको परिस्थिति हेरेर अघि बढ्रने बताउँदै बैठक स्थगित गरेको थियो ।

    बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरवहादुर तामाङले बताउनुभयो । यसअघि बैठक अहिले केहीबेर पछि बस्ने तय थियो ।


    बिहिवार, जेठ २० २०७८०४:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij