Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

अवैधानिक व्यक्तिले बोलाएको बैठकमा नजान एमालेको आग्रह

अवैधानिक व्यक्तिले बोलाएको बैठकमा नजान एमालेको आग्रह

  • बिहिवार, जेठ २० २०७८

  • 1.0K
    SHARES

  • अवैधानिक व्यक्तिले बोलाएको बैठकमा नजान एमालेको आग्रह

    काठमाडाैँ । नेकपा एमालेले अवैधानिक व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएको छ । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बोलाएको भनिएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको हो ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै अनधिकृत बैठकमा सहभागी नहुनका भनेका छन् । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

    अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै तामाङले त्यसविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको उल्लेख गरेका छन् । तामाङले वक्तव्यमार्फत उक्त क्रियाकलापको निन्दा एवं भर्त्सना गरेका छन् ।

    खनाल-नेपाल समूहले आज ११ बजेका लागि केन्द्रीय समितिको बैठक राखेको छ । बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ ।


    बिहिवार, जेठ २० २०७८०९:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij