Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

  • बुधवार, जेठ १९ २०७८

  • 790
    SHARES

  • लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

     

    लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । दिउँसो १ बजेप्रदेश सभा बैठक बस्ने तय गरिएको छ ।

    आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

    आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन ।

    गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ ।


    बुधवार, जेठ १९ २०७८१०:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij