Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
सरकार र थारुहट-थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार तयार (सहमतिपत्रसहित)

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार तयार (सहमतिपत्रसहित)

  • मंगलवार, जेठ १८ २०७८

  • 1.1K
    SHARES

  • रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकार तयार (सहमतिपत्रसहित)

    काठमाडौं - सरकार र थारुहट-थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सरकार र थारु कल्याणकारी सभा, थरुहट-थारुवान संघर्ष समितिबीच भएको आजको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो ।

    सहमतिअनुसार रेशम चौधरीलगायत थारु अगुवाहरुमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ ।

    साथै, चौधरीलगायत आरोपीहरुलाई कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमतिसमेत भएको छ ।

    सहमतिअनुसार थरुहट-थरुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहिद परिवारको उचित व्यवस्थापन गर्ने तथा घाइतेको उपचार गर्न सरकार राजी भएको छ ।

    त्यस्तै, थारु बाहुल्य क्षेत्रमा थारु शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नेलगायतका सहमति पनि भएको छ ।

    सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित डा. राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ ।

    त्यसैगरी, संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्दप्रसाद चौधरीको हस्ताक्षर रहेको छ । समितिले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर आन्दोलन गर्दै आएको थियो ।

    193096717_172664721472892_7742317056455622358_n_SotxD1WdP8.jpg192130312_167056345372874_2268268537878413152_n_qXgLKrCnFD.jpg


    मंगलवार, जेठ १८ २०७८०३:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij