Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको स्थायी कमिटी बैठक आज बस्दै, स्पष्टीकरण सोधिएका १२ सांसदबारे छलफल हुने

एमालेको स्थायी कमिटी बैठक आज बस्दै, स्पष्टीकरण सोधिएका १२ सांसदबारे छलफल हुने

  • मंगलवार, जेठ १८ २०७८

  • 572
    SHARES

  • एमालेको स्थायी कमिटी बैठक आज बस्दै,  स्पष्टीकरण सोधिएका १२ सांसदबारे छलफल हुने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो।

    बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उनको भनाइ छ। त्यस्तै बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने तामाङले बताउनुभयो ।

    १२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा र लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि समीक्षा हुने तामाङले जनाकारी दिनुभयो।

    स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

    उनीहरुले लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको पनि जनाकारी दिनुभयो ।

    यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।


    मंगलवार, जेठ १८ २०७८०६:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij