काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिनुभएको छ । आज जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
‘हामीमाथि चारैतिरबाट सर वर्षा भइरहेको छ । ती सर वर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले चुनावका लागि भनेर सरकारले घटिया काम नगर्ने बताउनुभयो ।
‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आफुहरुमाथि मिसन पत्रकारिता भइरहेको भन्दै त्यो घातक हुने बाउनुभयो ।