Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
विपक्षी गठबन्धनले भन्यो :

'सर्वाेच्चले संसद् पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउनेमा विश्वस्त छौं'

'सर्वाेच्चले संसद् पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउनेमा विश्वस्त छौं'

  • आइतवार, जेठ १६ २०७८

  • 1.0K
    SHARES

  • 'सर्वाेच्चले संसद् पुनःस्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउनेमा विश्वस्त छौं'

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी पाँच दलले सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास रहेको बताएका छन् ।

    आज बिहान कांग्रेसका सभापति बूढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको छलफलपछि विपक्षी पाँच दलले विज्ञप्ति जारी गर्दै यस्तो विश्वास व्यक्त गरेका हुन् ।

    संविधानको धारा ७६ (५) बमोजिम सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र विघटित प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘संवैधानिक सर्वाेच्चता, कानुनी शासन प्रणाली, स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वाेच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौं’, विज्ञप्तिमा उल्लेख छ ।

    संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिसमक्ष बहुमत प्रस्तुत गरेका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधिसभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा हालेको रिट सम्बन्धमा संवैधानिक इजलासमा बहस भइरहेको छ ।

    विपक्षी दलहरूले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषित निर्वाचन तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

    विपक्षी गठबन्धनमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् ।


    आइतवार, जेठ १६ २०७८०३:२३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij