काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाउनुभएको छ । बैठक आज बेलुकी ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
यसअघिको बैठकले पार्टीका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने स्रोतले जनाएको छ ।