Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसद विघटन विरुद्धका मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

संसद विघटन विरुद्धका मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

  • आइतवार, जेठ १६ २०७८

  • 672
    SHARES

  • संसद विघटन विरुद्धका मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

    काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् ।

    यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्न उठेको थियो । रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलास बस्न नहुने राय दिएपछि शुक्रवारको सुनुवाइ प्रभावित भएको थियो ।

    न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि श्रेष्ठ नै संवैधानिक इजलासमा बस्न नमिल्ने राय दिनुभएको थियो । आज पनि यो विषयले निरन्तरता पाउने बुझिएको छ ।

    तर प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणाले भने हरेक न्यायाधिशमाथि प्रश्न उठाने हो भने सम्पूर्ण सुनुवाइ प्रभावित हुने भन्दै यसमा पुर्नविचार नहुने संकेत गरिसक्नु भएको छ ।


    आइतवार, जेठ १६ २०७८१०:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij