Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

डाक्टर र नर्सलाई आक्रमण गर्ने तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

डाक्टर र नर्सलाई आक्रमण गर्ने तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

  • शुक्रवार, जेठ १४ २०७८

  • 942
    SHARES

  • डाक्टर र नर्सलाई आक्रमण गर्ने तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

    काठमाडौँ – नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

    दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।

    बाँके प्रहरीले आक्रमणमा संलग्न तीनै जनालाई राती नै नियन्त्रणमा लिएको थियो। पीडित पक्षबाट किटानी जाहेरी परेपछि पक्राउ परेका तीनैजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो।

    दोषीलाई कारबाहीको प्रतिवद्धता जनाइएपछि अस्पतालका डाक्टर तथा नर्सिङ कर्मचारीहरु काममा फर्किसकेका उहाँले जानकारी दिनुभयो। अहिले अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो।

    आक्रमणकारीले बिरामीलाई ल्याएदेखि नै मुख्यमन्त्रीको पावरको कुरा गर्दै डाक्टर र नर्सलाई धम्क्याउने गरेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । हिजो राति बिरामीको अवस्था गम्भीर बनेर निधन भएसँगै योजनावद्ध आक्रमण भएको उपचारमा खटिनुभएका डा. चन्द्रप्रकाश साहुले बताउनुभयो ।

    रावतको उपचारका लागि भेन्टिलेटर उपलब्ध गराउन आफूलाई मन्त्री लगायतका व्यक्तिहरुको फोन आएको डा साहुले बताउनुभयो। सुरुमा भेन्टिलेटर खाली नभएपछि उपलब्ध गराउन नसकेको तर खाली हुनेबित्तिकै भेन्टिलेटरमा राखिएपछि धम्काउने क्रम सुरु भएको उहाँको भनाई छ।

    कोरोना संक्रमित ती बिरामीको मृत्यु भएपछि उनका आफन्तले डिउटीमा रहेका डाक्टर र नर्सको घाँटी अठ्याउनुका साथै लखेटी लखेटी हातपात गरेका थिए । सांघातिक हमला हुन थालेपछि आफूहरु शौचालमा लुकेको तर शौचालयको समेत ढोका फोडिएपछि झ्यालबाट हाम फालेर ज्यान जोगाएको नर्स अश्विनी गुरुङले बताउनुभयो ।

    घटनापछि भेरी अस्पतालका डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए । तर दोषीलाई कारबाहीको प्रतिवद्धता जनाइएपछि आजै दिउँसोबाट उनीहरु काममा फर्केका छन्।

    उपचारमा खटिएका चिकित्सक तथा नर्सिङ कर्मचारीमाथि भएको आक्रमणको देशभरीबाट विरोध र निन्दा गरिएको छ । तर भेरी अस्पतालका नर्सिङ कर्मचारीहरुले भने बिरामीको चाप अनुसार कर्मचारीको व्यवस्थापन नभएमा आफूहरुले फेरि पनि कुटाई खाइरहनुपर्ने बताएका छन् ।

    कुनै एक घटनामा राजनीति नगरेर अस्पतालमा कर्मचारी अभावको समस्या समाधान गर्न उनीहरुले माग गरेका छन् ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण ड्युटीमा रहेका सुरक्षाकर्मीहरुमाथिको आक्रमणजत्तिकै दण्डनीय रहने बताउनुभएको छ ।

    भेरी अस्पतालमा हिजो राति भएको स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको सन्दर्भमा उहाँले ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुमाथिको आक्रमण निन्दनीय र दण्डनीय रहेको बताउनुभएको हो ।
    कोरोना महामारीले हायल कायल पारेको मानव समूदायलाई यसबाट जोगाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ज्यानको बाजी लगाएर युद्धभूमिमा होमिएका छन् । तर तिनै स्वास्थ्यकर्मीहरुमाथि सांघातिक हमला गर्नेहरु मानवीय शभ्यताका कंलक हुन् ।

    नेपालगञ्चको भेरी अस्पतालमा भएको सांघातिक हमला त एक उदहरण मात्रै हो । बेलाबखत देशभरका विभिन्न असप्तालमा चिकित्सकमाथि हुने गरेका दुव्र्यवहार तथा आक्रमणका घटना रोक्न राज्यका निकायहरुले गम्भीर ध्यान पु¥याउन आवश्यक छ।


    शुक्रवार, जेठ १४ २०७८०८:१४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij