काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट अपरान्ह ४ बजे सम्बोधन गर्न लाग्नुभएको हो ।
सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ । प्रधानमन्त्रीको सम्बोधन पनि सोही विषयमा केन्द्रित हुने स्रोतले जनाएको छ ।
पछिल्लोसमय विभिन्न क्षेत्रबाट सरकारलाई अध्यादेशबाट बजेट नल्याउन सुझाव आइरहेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको अधिकांश पार्टीले आलोचना गरिहेका छन् । प्रतिपक्षी गठबन्धनले संसद् विघटन असंवैधानिक भनदै सर्वोच्चमा रिटसमेत हालेका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
आज अधिवक्ता सन्तोष भण्डारीले पहिलो बहस गर्नुभएको थियो ।