Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

राजदूत आचार्य र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

राजदूत आचार्य र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

  • बिहिवार, जेठ १३ २०७८

  • 752
    SHARES

  • राजदूत आचार्य र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौँ – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौंथाइवालेबीच भेटवार्ता भएको छ ।

    दूतावासमा आयोजित भेटमा नेपाल र भारतबीचको विविध आयाममा विषयमा छलफल भएको छ ।

    भेटमा कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक सहयोगबारे समेत छलफल भएको जनाइएको छ।

    नेपालमा अत्यावश्यक स्वास्थ्य सामग्री र रसायनिक मलको उपलब्धता, भारतस्थित प्रवासी नेपालीहरूलाई कोभिडविरुद्धको खोप लगायतका विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ।


    बिहिवार, जेठ १३ २०७८०७:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij