Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दूरगामी महत्वका निर्णय नलिन सरकारलाई देउवाको चेतावनी

दूरगामी महत्वका निर्णय नलिन सरकारलाई देउवाको चेतावनी

  • बिहिवार, जेठ १३ २०७८

  • 1.1K
    SHARES

  • दूरगामी महत्वका निर्णय नलिन सरकारलाई देउवाको चेतावनी

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी महत्त्वका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै संसदीय प्रक्रिया छलेर दूरगामी महत्त्वका निर्णय नलिन खबरदारी गनृुभएको छ ।

    कोरोना नियन्त्रणका लागि कांग्रेसले दिएका १५ बुँदे सुझाव कार्यान्वयनमा सरकार उदासीन देखिएको उहाँले आरोप लगाउनुभएको छ ।

    कोरोना नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको पार्टीकरण नगर्न र खोपलगायतका स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितताको छानबिन गर्न समेत देउवाको माग छ ।

    देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको उल्लेख गर्नुभएको छ ।

    ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भन्नुभएको छ, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’

    उहाँले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिनुभएको छ ।

     


    बिहिवार, जेठ १३ २०७८०५:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij