Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन साढे १४ अर्बभन्दा माथिको कारोबार

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन साढे १४ अर्बभन्दा माथिको कारोबार

  • बिहिवार, जेठ १३ २०७८

  • 820
    SHARES

  • शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन साढे १४ अर्बभन्दा माथिको कारोबार

    काठमाडौं - शेयर कारोबार रकमले आज नयाँ रेकर्ड कायम गरेको छ । यसअघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार आज भने साढे १४ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।

    मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

    राष्ट्र बैंकको यो निर्देशनपछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो । अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।

     


    बिहिवार, जेठ १३ २०७८०४:०२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij