Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछः गोकर्ण विष्ट

पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछः गोकर्ण विष्ट

  • बिहिवार, जेठ १३ २०७८

  • 838
    SHARES

  • पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछः गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा उहाँले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गर्नुभएको छ ।

    विष्टको सन्दर्भमा विभिन्न चर्चा बाहिर भएपछि उहाँले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सार्नुभएको छ ।

    विष्टले पछिल्लो समयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गर्नुभएको थिएन तर हिजो नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उहाँको नाम छ ।

    उहाँले लेख्नुभएको छ,‘ नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।

    ’


    बिहिवार, जेठ १३ २०७८०८:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij