काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको आह्वानमा पदाधिकारीको बैठक बस्दै छ ।
पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पार्टी सभापति देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।