Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओली सरकारलाई विप्लवको चेतावनी, ‘नागरिकता ऐन तत्काल फिर्ता लिइयोस्’

ओली सरकारलाई विप्लवको चेतावनी, ‘नागरिकता ऐन तत्काल फिर्ता लिइयोस्’

  • सोमवार, जेठ १० २०७८

  • 1.3K
    SHARES

  • ओली सरकारलाई विप्लवको चेतावनी, ‘नागरिकता ऐन तत्काल फिर्ता लिइयोस्’

    काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ।

    सरकारले आफ्ना सत्तासंकट टार्न यो ऐन ल्याएको भन्दै फिर्ता लिन पार्टीले चेतावनी दिएको छ।

    पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ।’


    सोमवार, जेठ १० २०७८०५:३२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij