Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज शेयर बजारमा चार रेकर्ड, सबैभन्दा धेरै रकमको कारोबार

आज शेयर बजारमा चार रेकर्ड, सबैभन्दा धेरै रकमको कारोबार

  • सोमवार, जेठ १० २०७८

  • 1.1K
    SHARES

  • आज शेयर बजारमा चार रेकर्ड, सबैभन्दा धेरै रकमको कारोबार

    काठमाडौं - आज शेयर बजारको इतिहासमा चारवटा रेकर्ड कायम भएका छन् । आज शेयर बजारको इतिहासमा सबैभन्दा धेरै रकमको कारोबार भएको हो ।

    आज २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार कित्ता शेयर खरिदविक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।

    नेप्से परिसूचकमा पनि आज रेकर्ड कायम भएको छ । बजार खुले लगत्तै २८५० अंक पुगेर रेकर्ड राखेको परिसूचक अन्तिममा २८२३ मा पुगेर रोकियो ।

    सिंगल स्क्रिप्टको कारोबारमा पनि आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को २१ लाखभन्दा बढी कित्ता कारोबार भएर रेकर्ड बनेको छ ।

    कारोबार रकममा सिंगल स्क्रिप्टको यसअघिको पुनर्बीमा कम्पनीको रकर्ड एचआईडीसीएलले तोडेको हो। यसको आजमात्रै १ अर्ब २६ करोडभन्दा बढी रकमको कारोबार भएको छ।

    आज चार कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


    सोमवार, जेठ १० २०७८०४:२५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij