Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
विपक्षी १४६ सांसदले सर्वोच्चसँग राखे तीन माग :

संसद पुनःस्थापना, देउवा प्रधानमन्त्री र विपक्षीमाथिको कारबाही रोकियोस्

संसद पुनःस्थापना, देउवा प्रधानमन्त्री र विपक्षीमाथिको कारबाही रोकियोस्

  • सोमवार, जेठ १० २०७८

  • 1.3K
    SHARES

  • संसद पुनःस्थापना, देउवा प्रधानमन्त्री र विपक्षीमाथिको कारबाही रोकियोस्

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव हितका नेताहरु आज सर्वोच्च गएका हुन् ।

    कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद पनि अदालतमा उपस्थित भए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्न माग गरेका छन् ।

    राष्ट्रपतिले धारा संवधानको ७६(५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर, त्यसलाई खारेज गर्दै राष्ट्रपतिले हठात् जेठ ७ गते राति दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

    विपक्षीले रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् ।

    विपक्षी गठबन्धनले मुख्यमगरी रिटमा तीनवटा माग राखेको छ । गठबन्धनका नेताहरुले संसद् पुनःस्थापनालाई पहिलो मागका रुपमा राखेका छन् । यस्तै, दोस्रो माग कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियु्क्त गर्न माग गरेका छन् ।

    यसैगरी, देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई सोही आधारमा कारबाही गर्न नहुने भन्दै उक्त कारबाही रोक्न मागसमेत गरेका छन् ।


    सोमवार, जेठ १० २०७८०३:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij