Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध रिटसहित सर्वोच्च पुगे विपक्षी गठबन्धन

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध रिटसहित सर्वोच्च पुगे विपक्षी गठबन्धन

  • सोमवार, जेठ १० २०७८

  • 1.1K
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध रिटसहित सर्वोच्च पुगे विपक्षी गठबन्धन

    काठमाडौँ । प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् ।

    कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद पनि अदालतमा उपस्थित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्न माग गरेका छन् ।

    राष्ट्रपतिले धारा संवधानको ७६(५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर, त्यसलाई खारेज गर्दै राष्ट्रपतिले हठात् जेठ ७ गते राति दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

    विपक्षीले रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् ।

    उनीहरुले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग पनि गरेका छन् । यस्तै, विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको आधारमा एमाले र जसपाका सांसदमाथि कुनै कारवाही नहुने आदेश पनि माग गरेका छन् ।

    विपक्षी गठनबन्धले रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुनुपर्ने माग पनि गरेको छ ।


    सोमवार, जेठ १० २०७८०२:५०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij