Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

रिटको पक्षमा एमालेका २३ सांसदको हस्ताक्षर जुटेको दाबी (सूचिसहित)

रिटको पक्षमा एमालेका २३ सांसदको हस्ताक्षर जुटेको दाबी (सूचिसहित)

  • सोमवार, जेठ १० २०७८

  • 865
    SHARES

  • रिटको पक्षमा एमालेका २३ सांसदको हस्ताक्षर जुटेको दाबी (सूचिसहित)

    काठमाडौं– प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर विरोध गर्दै आएको विपक्षी गठनबन्धनले बढीभन्दा बढी सांसदको हस्ताक्षर जुटाउने प्रयास तीव्र पारेको छ । यसैबीच, नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका भने २३ जनाको हस्ताक्षर जुटेको छ ।

    कतिपय सांसद बाहिर रहेकाले केही संख्या कम भएको नेपाल समूहको दाबी छ । यसअघि पनि एक सांसदले आफूहरुसँग ३० जना सांसद रहेको दाबी गरेका थिए ।

    यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा अस्ताक्षर गरेकामध्ये गोकर्ण विष्ट, पवित्र निरौला र गणेश पहाडीले रिटमा हस्ताक्षर गरेका छैनन् ।

    विपक्षी गठबन्धनका नेताहरु आज संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न जाने कार्यक्रम छ ।

    विपक्षी गठबन्धनमा कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूह छन् ।


    रिटमा हस्ताक्षर गर्ने एमालेका सांसद :

    १ विरोध खतिवडा
    २ जीवनराम श्रेष्ठ
    ३ घनश्याम भुसाल
    ४ सोमप्रसाद पाण्डे
    ५ कृष्णलाल महर्जन
    ६ झपट रावल
    ७ निरादेवी जैरू
    ८ सरलाकुमारी यादव
    ९ कल्याणी खड्का
    १० लक्ष्मी चौधरी
    ११ माधवकुमार नेपाल
    १२ भीम रावल
    १३ कलिला खातुन
    १४ रामकुमारी झाँक्री
    १५ झलनाथ खनाल
    १६ पुष्पा कर्ण कायस्थ
    १७ भवानीप्रसाद खापुङ
    १८ यज्ञ सुनुवार
    १९ सुरेन्द्र पाण्डे
    २० मुकुन्द न्यौपाने
    २१ मेटमणि चौधरी
    २२ दीपकप्रकाश भट्ट । 

     


    सोमवार, जेठ १० २०७८०१:१४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij