काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने माग गरेर पनि सर्वोच्च अदालतमा रिट दर्ता हुन लागेको छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधार प्रधानमन्त्री ओलीको निवेदनमा रहेकाले उहाँलाई नै प्रधानमन्त्री नियुक्त गर्नु पर्ने जिकिर रिटमा गरिएको छ ।
ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानविपरीत रहेको भन्दै अधिवक्ता कृष्ण भण्डारीले रिट दर्ता गर्न लाग्नु भएको हो ।
बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने रिटमा जिकिर गरिएको छ । रिट दर्ताका लागि आज बिहान ११ बजे बोलाइएको भण्डारीले बताउनुभयो ।