Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धि अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धि अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

  • सोमवार, जेठ १० २०७८

  • 443
    SHARES

  • राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धि  अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

    काठमाडौँ । सरकारले नेपाल नागरिकता अध्यादेश जारी गरेको छ । संसदमा रहेको नागरिकता विधेयक लामो समयदेखि समितिमा अड्किएपछि सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खोलेको हो ।

    अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।

    त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।

    तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।

    नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।

    बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।

    यस्तो छ नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश

     

     
     


    सोमवार, जेठ १० २०७८०६:२४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij