Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

संसद् विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

सर्वदलीय बैठकपछि थप रणनीति तय हुने
  • शनिवार, जेठ ८ २०७८

  • 675
    SHARES

  • संसद् विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

    काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईँ लड्ने निर्णय गर्दै सकिएको छ ।

    सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसले गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

    कानूनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पार्टीमा भएको र थप रणनीतिबारे विपक्षी दलसँगको संयुक्त बैठकमा छलफल हुने उनले बताए ।

    आजै केहीबरपछि बानेश्वरस्थित संसद भवनमा सर्वदलीय बैठक बस्दैछ । सो बैठकपछि पार्टी थप रणनीति बनाउने वरिष्ठ नेता पौडेलको भनाइ छ ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक शुक्रबार मध्यराति संसद विघठन गर्नुभएको हो । संसद भंग गर्दै राष्ट्रपति भण्डारीले आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गर्नुभएको छ ।


    शनिवार, जेठ ८ २०७८११:४८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij