Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको घोषणा बाहना मात्रै हो, ओलीले निर्वाचन गर्दैनन्: देव गुरुङ

निर्वाचनको घोषणा बाहना मात्रै हो, ओलीले निर्वाचन गर्दैनन्: देव गुरुङ

  • शनिवार, जेठ ८ २०७८

  • 1.1K
    SHARES

  • निर्वाचनको घोषणा बाहना मात्रै हो, ओलीले निर्वाचन गर्दैनन्: देव गुरुङ

     

    नेकपा माओवादीका नेता देव प्रसाद गुरुङले निर्वाचनको घोषणा बाहना मात्रै भएको दावी गर्नुभएको छ ।

    संसद विघटन गरेर निर्वाचन देखाउदै अनिश्चितकालसम्म शासन गर्ने नियतका साथ निर्वाचनको मिति तोकिएको उहाँको भनाई छ ।

    बहुमत पु¥याएर जाँदा पनि पुगेन भन्नु, संसद विघटन गर्नु र निर्वाचन घोषणा गर्नु सवै असंवैधानिक छ, नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो ।

    उहाँले थप्नुभयो, “असंवैधानिक रुपमा घोषणा गरिएको निर्वाचनमा भाग लिनुको अर्थ छैन र निर्वाचन गर्नेवाला पनि छैन, त्यसैले असंवैधानिक कदमका विरुद्धमा हामी सवै संयुक्त संघर्ष गर्नुपर्छ ।”

    आउदै गरेको बैधानिक र नियमित रुपमा गर्नु पर्ने पनि हुन नदिनेगरी छल्नका लागि अहिले नै निर्वाचनको घोषणाको नाटक गरिएको नेता गुरुङको भनाई छ ।

    बहुमत पुगेन भन्ने राष्ट्रपतिको दावी नै असंवैधानिक भएको र कस्को बहुमत छ भन्ने कुरा संसदबाट परिक्षण गराउनु पर्ने उहाँले बताउनुभयो ।

     


    शनिवार, जेठ ८ २०७८०९:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij