Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अधर्मी जोडी यत्तिमै रोकिने छैनन्, त्यसैले सम्पूर्ण शक्तिले प्रतिरोध गरौँ: गगन थापा

अधर्मी जोडी यत्तिमै रोकिने छैनन्, त्यसैले सम्पूर्ण शक्तिले प्रतिरोध गरौँ: गगन थापा

  • शनिवार, जेठ ८ २०७८

  • 1.2K
    SHARES

  • अधर्मी जोडी यत्तिमै रोकिने छैनन्, त्यसैले सम्पूर्ण शक्तिले प्रतिरोध गरौँ:  गगन थापा

    काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले प्रधानमन्त्री खड्ग प्रसाद ओली र राष्ट्रपति विद्या भण्डारीलाई अधर्मी जोडीको संज्ञा दिनुभएको छ ।

    “सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्, महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, ”सामाजिक सञ्जालहरुमा उहाँले लेख्नु भएको छ ।

    नेता थापाले नअलमलिइ, खुट्टा नकमाइ सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न पनि आह्वान गर्नुभएको छ ।

    ओली र भण्डारीले आगामी दिनमा लोकतन्त्र अनुसारकै कदम चाल्ने आशा नगर्न अपिल गर्दै उहाँले उनीहरुले अझ नराम्रा कदम चाल्ने भएकाले प्रतिरोधमा उत्रिनु पर्नेमा जोड दिनु भएको हो । उनीहरुले अहिले घोषणा भएको निर्वाचन गराउछन भन्ने विश्वास नगर्न पनि उहाँले लिन प्रतिवादमा उत्रिन आह्वान गर्नुभएको छ ।

    उहाँले लेख्नु भएको छ, “खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन !”

    ओली र भण्डारीले केही देखावटी प्रकृया गरेको तर नियत भने संसद र संविधानको हुर्मत लिनु नै भएको र त्यही अनुसार हुर्मत लिएको नेता थापाको आरोप छ ।

     

     


    शनिवार, जेठ ८ २०७८०८:४८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij