काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक डाकेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधीकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको साझा धारणा तय गर्दै कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय हुने उहाँले बताउनुभयो ।
संविधानको धारा ७६(५) को सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यराति नै आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा भएको छ ।
मध्यावधि घोषणाको कांग्रेसका कतिपय नेताले विरोध गरेका छन् ।