Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

पहिला लोकतन्त्र जोगाऔँ, अनि मात्रै निर्वाचन: रामचन्द्र पौडेल

पहिला लोकतन्त्र जोगाऔँ, अनि मात्रै निर्वाचन: रामचन्द्र पौडेल

  • शनिवार, जेठ ८ २०७८

  • 768
    SHARES

  • पहिला लोकतन्त्र जोगाऔँ, अनि मात्रै निर्वाचन: रामचन्द्र पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउने नियतले निर्वाचन घोषणा नगरेको दावी गर्नुभएको छ ।

    काँग्रेस चुनावबाट अहिलेको अवस्थामा डराउनु पर्ने कुनै कारण नरहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रीक पार्टीले विधि प्रक्रियाबाट तय गरिएको र विधि प्रक्रियाबाट हुने निर्वाचनमा मात्रै भाग लिने स्पष्ट पार्नुभयो ।

    उहाँले निर्वाचन गराउछु र काँग्रेस ठुलो पार्टी हुन्छ, त्यसपछि हस्तान्तरण गर्छु भनेर ओलीले निर्वाचनको मिति घोषणा नगरेको दावी गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र लोकतन्त्र मास्न लागेका छन्, त्यसलाई जोगाउन अव संघर्ष गर्नुपर्दछ ।”

    निर्वाचनमा जाँदैनौ भनेर आफुहरुले कहिल्यै पनि नभनेको बताउदै उहाँले प्रक्रिया नपुगेको निर्वाचनमा सहभागी हुने भन्ने कुरा नै नआउने बताउनुभयो । शाहीकालमा भएका र पंचायतीकालमा भएका अवैधानिक निर्वाचनहरुलाई पनि काँग्रेसले अस्विकार गरेका दृष्टान्त उहाँले प्रस्तुत गर्नुभयो ।

    “संविधान र लोकतन्त्र बचाउनका लागि फेरि एक पटक संघर्ष गर्नु पर्ने भएको छ, प्रतिपक्षीको साझा उम्मेदवार पनि भएकाले देउवाजीको नेतृत्वमा संयुक्त संघर्ष हुनुपर्छ,” बरिष्ठ नेता पौडेलले भन्नुभयो । उहाँले कोरोनाभाइरसको महामारीका कारण अहिले सडक संघर्षभन्दा अन्य उपायबाट हुने संघर्ष गर्नु पर्नेमा जोड दिनुभयो ।

    “लोकतन्त्रका लागि राणा, पञ्चायत, राजासँग पनि लडेको हो, हामी संघर्षबाट डराउदैनौ, लोकतन्त्र विनाको चुनावको अर्थ छैन, त्यसैले पहिला लोकतान्त्र जोगाउ अनि चुनाव गराऔँ,” उहाँले भन्नुभयो । निर्वाचन आयोगका पदाधिकारीले आफुसँगको कुराकानीमा अहिले निर्वाचन संभव नभएको बताएको पनि उहाँले जानकारी दिनुभयो ।

    अहिले संविधान मन नपराउनेहरु एकातिर र संविधान बचाउनेहरु अर्कोतिर भएको पनि बरिष्ठ नेता पौडेलले तर्क गर्नुभयो ।


    शनिवार, जेठ ८ २०७८०७:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij