Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

१४९ सांसदको हस्ताक्षर दर्ता गरेर शीतल निवासबाट निस्किए विपक्षी

१४९ सांसदको हस्ताक्षर दर्ता गरेर शीतल निवासबाट निस्किए विपक्षी

  • शुक्रवार, जेठ ७ २०७८

  • 948
    SHARES

  • १४९ सांसदको हस्ताक्षर दर्ता गरेर शीतल निवासबाट निस्किए विपक्षी

    काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरु पत्र दर्ता गरेर निस्किएका छन् ।

    राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षर देखाएर, बहुमत प्रस्तुत गरेका निस्केको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको समर्थन दावी गरेको भन्ने विषयमा पौडेलले भने, ‘उहाँले हस्ताक्षर बुझाउनु भएको होइन । हामीले सांसदको हस्ताक्षरसहित दाबी गरेका हौँ। आज बिहानसम्म बहुमत नपुग्ने देखेर विश्वासको मत नलिइ नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ भन्ने ओलीको अहिले कसरी बहुमत पुग्छ?’

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पनि पत्र दर्ता गरेर निस्किएको जानकारी दिए।


    शुक्रवार, जेठ ७ २०७८०५:०३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij