Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

बहुमत सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, हस्ताक्षर गर्ने सांसद कति छन् ?

बहुमत सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, हस्ताक्षर गर्ने सांसद कति छन् ?

  • शुक्रवार, जेठ ७ २०७८

  • 1.1K
    SHARES

  • बहुमत सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, हस्ताक्षर गर्ने सांसद कति छन् ?

    काठमाडौं – विपक्षी गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाएका छन् । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुको बैठकले नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाएको कांग्रेसका एक सांसदले बताए ।

    उनका अनुसार देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा १४९ जना सांसदको हस्ताक्षर जुटेको छ ।

    स्रोतका अनुसार प्रस्तावमा नेपाल पक्षका २७ जना सांसदले हस्ताक्षर गरेका छन् । यस्तै कांग्रेसका ६१, माओवादीका ४९ र जसपाका १३ सांसदले हस्ताक्षर गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २१ घण्टाको समय दिएर आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको छ ।

    यसैबीच, आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै आफू अझै सहमतिको सरकारको पक्षमा रहेको बताउनुभएको छ ।


    शुक्रवार, जेठ ७ २०७८०३:४७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij