काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था फेर्ने जनमतसंग्रह चुनावमा जानुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारी गरेपछि विप्लवले आज विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभएको हो ।
साथै सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार आफ्ना नेता कार्यकर्ता नछाडिएकोप्रति समेत विप्लवले असन्तुष्टि जनाएका जनाउनुभएको छ ।
