काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि हिजो दिनुभएको समयसीमा आज साँझ सकिँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको लागि हिजो आव्हान गर्नुभएको थियो ।
तर नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले भने संसद विघटनको उद्देश्यले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको भन्दै विरोध जनाएका छन् ।