काठमाडौँ – राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ।
स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन्।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् ।
अब प्रदेशसभाको मत गन्न बाँकी छ ।
खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ। बादलले पाएको मतभार १८५४ हुन्छ। डा.देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ।