Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • बिहिवार, जेठ ६ २०७८

  • 893
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठकमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्ने एजेन्डा तय गरिएको बताइएको छ ।

    यसैबीच प्रचण्डले बुधबार पार्टी कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि गर्न सकिने काम के के हुन् भन्नेलगायत विषयमा छलफल गर्नुभएको थियो ।

    प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे थप छलफल हुनेछ ।

    प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा बैठकबाट विभिन्न योजना तथा कार्यक्रम निर्णय गरी घोषणा गर्ने कार्यक्रम छ।


    बिहिवार, जेठ ६ २०७८०८:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij