Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वोच्चले भन्यो, 'प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन'

सर्वोच्चले भन्यो, 'प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन'

  • मंगलवार, जेठ ४ २०७८

  • 934
    SHARES

  • सर्वोच्चले भन्यो, 'प्रधानमन्त्रीले फेरि सपथ लिनु पर्दैन'

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेका रिटहरुमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
    अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरुलाई १६ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तिम निर्णय त्यसपछि हुने बताएको छ ।

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित अधिवक्ताहरु राजकुमार सुवाल, सन्तोष भण्डारी र नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा आज छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

    प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथभन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको थियो ।

    प्रधानमन्त्री ओलीले गत बैशाख ३१ गते पद तथा गोपनियताको सपथ लिने क्रममा ’ईश्वर’को नाम उच्चाहरण गर्नुभएको थिएन । साथै, उहाँले ’प्रतिज्ञा गर्दछु’ भन्ने शब्द पनि उच्चाहरण गर्न चाहनुभएन ।


    मंगलवार, जेठ ४ २०७८०३:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij