काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको तथा मन्त्रिपरिषद् गठन गरेको भन्दै सर्वोच्च अदालतमा चारवटा निवेदन दर्ता भएको छ ।
प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्नेलगायत माग गर्दै हालिएको रिटमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ ।
प्रधानमन्त्रीविपक्षी बनाई अधिवक्ता चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले चार वटा छुट्टा–छुट्टै रिट दर्ता गरेका हुन् ।
कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिनुपर्ने रिटमा मागदाबी गरिएको छ ।
यस्तै, संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकको माग दाबी छ ।