Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

आज मदन-आश्रित स्मृति दिवस, कोरोना र निषेधाज्ञाका कारण औपचारिक कार्यक्रम नहुने

आज मदन-आश्रित स्मृति दिवस, कोरोना र निषेधाज्ञाका कारण औपचारिक कार्यक्रम नहुने

  • सोमवार, जेठ ३ २०७८

  • 1.1K
    SHARES

  • आज मदन-आश्रित स्मृति दिवस, कोरोना र निषेधाज्ञाका कारण औपचारिक कार्यक्रम नहुने

    काठमाडौं । आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ ।

    तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका कारण आज औपचारिक कार्यक्रम भने नभएको एमालेले जनाएको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ ।

    मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताउनुभएको छ । साथै उहाँले तीन वर्ष अघि एमाले र माओवादी केन्द्रबीच भएको एकता समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न गरिएको प्रयास भए पनि एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।

    अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

     


    सोमवार, जेठ ३ २०७८०८:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij