काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ । भेटवार्ता बालकुमारीस्थित एक् पार्टी कार्यालयमा ज्ँर िछ ।
भेटवार्ता करिब एक घण्टाअघि वार्ता सुरु भएको जसपाका नेताले बताए ।
शनिबार यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सहमतिविना एकलौटी ढंगले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउनु अवैधानिक भएको ठहर गरेको थियो ।
साथै, यादव पक्षका केही नेताले ठाकुर र महतोलाई पार्टीबाट कारवाही नै गर्नुपर्नेसमेत माग गरेको बताइएको छ ।
यसैबीच, आज ठाकुर र यादवबीच भेटवार्ता भएको हो ।
पछिल्लो समयमा देखिएको पार्टीभित्रको विवाद मिलाउन दुई नेताबीच छलफल भएको एक केन्द्रीय सदस्यले बताए ।