Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

ओली र नेपालबीच आज भेटवार्ता हुने, यस्तो छ नेपाल पक्षको असन्तुष्टि

ओली र नेपालबीच आज भेटवार्ता हुने, यस्तो छ नेपाल पक्षको असन्तुष्टि

  • आइतवार, जेठ २ २०७८

  • 493
    SHARES

  • ओली र नेपालबीच आज भेटवार्ता हुने, यस्तो छ नेपाल पक्षको असन्तुष्टि

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि छलफल गर्ने कार्यक्रम तय छ ।

    शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । सोहीअनुरुप कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको ओलीनिकट स्रोतले जनाएको छ ।

    आज दिउँसोसम्ममा दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ–आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने बताइएको छ ।

    शुक्रबार भएको वार्तामा पूर्वमाओवादी पक्षका गृहमन्त्री रामबहादुर थापा ‘बादल’समेत सहभागी भएपछि नेपाल पक्षको बैठकमा आशंका व्यक्त भएको छ । बादलको इन्ट्रीले एमाले पुरानै अवस्थामा फर्कन बाधा पुर्याएको नेपाल पक्षको बुझाइ छ । सोही कुरा आज भेटवार्तामा नेता नेपालले अध्यक्ष ओलीसँग राख्ने स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच यसअघि पनि पटक-पटक भेटवार्ता भएको थियो ।

     


    आइतवार, जेठ २ २०७८०१:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij