Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेव गौतमको स्पष्ट जवाफ – म प्रचण्ड गुटमै छु

वामदेव गौतमको स्पष्ट जवाफ – म प्रचण्ड गुटमै छु

  • बिहिवार, श्रावण ८ २०७७

  • 1.1K
    SHARES

  • वामदेव गौतमको स्पष्ट जवाफ – म प्रचण्ड गुटमै छु

    काठमाडौं ।  नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै गुटमा रहेको स्पष्ट पार्नुभएको छ ।

    कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा र कहिले प्रचण्डको गुटमा देखिने गरेका गौतमले आफु अहिले प्रचण्डकै गुटमा रहेको स्पष्ट पार्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “राम्रो विचार र प्रस्ताव जस्ले ल्याउछ, म त्यसैको गुटमा हुन्छु । अहिले उहाँहरुले राम्रो प्रस्ताव ल्याउनु भएको छ, त्यसैले म उहाँहरुसँगै छु ।

    ”उपाध्यक्ष गौतमले पुर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुले अहिले राम्रो प्रयास गरिरहेको बताउनुभयो ।

    आफु प्रचण्ड गुटमा भएपनि प्रधानमन्त्री ओलीले समेत बेला बेलामा बोलाउने र छलफल गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।
    आफु तत्कालिन नेकपा एमालेको महाधिवेशनमा ओली गुटबाट उपाध्यक्ष भएको र निर्वाचित भएलगत्तै उहाँको गुट त्यागेको गौतमले दावी गर्नुभयो ।

    तत्कालिन एमालेमा गुटबन्दी बनाएर पार्टी फुटाउनु भएका उपाध्यक्ष गौतमले आफु स्थायी रुपमा कुनै गुटबन्दीमा नलाग्ने जिकिर पनि गर्नुभयो ।

    उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने माग अहिले आफ्नो नरहेकोस्पष्ट पार्नुभयो ।
    “राजीनामा दिने की नदिने भन्ने कुरा उहाँले नै जान्ने कुरा हो, केही साथीहरुले राजीनामा दिदा राम्रो हुन्छ भनेका हुन्, तर पार्टीकै प्रस्तावको रुपमा भने छैन,” उहाँले भन्नुभयो ।

    ओलीले राजीनामा दिएर पार्टी भित्रको समस्या समाधान हुन्छ भन्ने बारेमा आफुले केही भन्न नसक्ने गौतमको आशय थियो । तर ओली दुवै पदमा रहदाँ समस्या सृजना भएकाले स्वेच्छाले छोड्न आग्रह गरिएकोर दवाव भने नदिइएको उहाँले दावी गर्नुभयो ।

    मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई अस्विकार गर्दै उपाध्यक्ष गौतमले आगामी चैत भित्र महाधिवेशन हुने विश्वास व्यक्त गर्नुभयो ।


    बिहिवार, श्रावण ८ २०७७०७:३७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij