Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज ओमान गयो, आजै आइपुग्ने

अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज ओमान गयो, आजै आइपुग्ने

  • शनिवार, जेठ १ २०७८

  • 1.4K
    SHARES

  • अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज ओमान गयो, आजै आइपुग्ने

    काठमाडौँ । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमान गएको छ

    गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी जहाज आज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो ।

    जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।

    ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।

    निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो । ‘सिलिन्डरसहितका सामग्री लिन अबका केही दिन निगमको जहाज हरेक दिन बेइजिङ जानेछ’, पौडेलले भन्नुभयो ।

    यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।


    शनिवार, जेठ १ २०७८१०:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij