Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सरकार बनाउन नसक्नेहरु प्रतिगमन भन्दैछन्ः प्रधानमन्त्री ओली

सरकार बनाउन नसक्नेहरु प्रतिगमन भन्दैछन्ः प्रधानमन्त्री ओली

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 857
    SHARES

  • सरकार बनाउन नसक्नेहरु प्रतिगमन भन्दैछन्ः प्रधानमन्त्री ओली

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताउनुभएको छ ।

    तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुग्नुभएका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताउनुभयो।

    राष्ट्रपति कार्यालयमा शुक्रबार शपथ ग्रहणपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि बोल्दै प्रधानमन्त्रीले मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको बताउनुभएको हो ।

    ‘यतिबेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्, मुलुकमा प्रतिगमन भएको छ।’

    वर्तमान सरकारलाई प्रतिगमनमा गएको देख्नेहरूले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । कोरोना महामारीका बेला सबै राजनीतिक दलहरू एकजुट भएर त्यसको नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान थियो ।

    प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिनुभएको हो।


    शुक्रवार, बैशाख ३१ २०७८०५:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij