Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छः प्रचण्ड

माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छः प्रचण्ड

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 760
    SHARES

  • माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छः प्रचण्ड

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीविरुद्धको आफूहरूको गठबन्धनमा माधवकुमार नेपालले धोका दिएको रूपमा अहिले नै आफूले नबुझ्ने बताउनुभएको छ ।

    कोरोनाविरुद्ध खोप लगाउन संसद भवन पुगेका दाहालले अबको राजनीतिक कोर्स चुनौतीपूर्ण र सम्भावनायुक्त दुवै रहेको प्रतिक्रिया दिनुभयो ।

    ‘माधव जीसँग अहिले भर्खर पनि कुरा गर्दैछौँ। उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै भएको हुनाले अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डले भन्नुभयो, ‘म आशा गर्छु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’

    पत्रकारको थप जिज्ञासामा उनले संविधानको ७६ (५) मा पनि भेट हुनसक्ने जवाफ दिनुभयो। संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्‍याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।


    प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग संघर्ष जारी रहेको बताउनुभयो। प्रतिपक्षको हैसियतमा सरकारको गलत कामबारे खबरदारी गरिरहने उहाँले बताउनुभयो।

    चुनावको सन्दर्भमा उहाँले संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी तयार रहने बताउनुभयो।


    शुक्रवार, बैशाख ३१ २०७८०५:५०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij