Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ, पुरानै मन्त्रिमण्डललाई निरन्तरता

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ, पुरानै मन्त्रिमण्डललाई निरन्तरता

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 800
    SHARES

  • प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ, पुरानै मन्त्रिमण्डललाई निरन्तरता

    काठमाडौं । नेकपा (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्नुभएको छ । उहाँ तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको हो ।

    संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

    आज दिउँसो करिब पौने ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजिक कार्यक्रमा ओलीले ४३औँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो । शपथ लिएसँगै उहाँले मन्त्री तथा राज्यमन्त्रीहरुलाई पनि सपथ गराउनुभएको थियो । मन्त्रिमण्डलमा उहाँले सबै पुरानै मन्त्रीहरुलाई निरन्तरता दिनुभएको छ ।

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई बिहीबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

    प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

    वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भएपछि ओली पुनः प्रधानमन्त्री बन्न सफल हुनुभएको हो ।

    जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।

    बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन ।

    त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिनुभएको हो ।


    शुक्रवार, बैशाख ३१ २०७८०३:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij