काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका शीर्ष नेताहरु अहिले बैठक बसिरहेका छन् ।
केपी शर्मा ओलीसँग बिहीबार भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराउन बैठक राखिएको नेतान नेपालनिकट स्रोतले जनाएको छ । जुममार्फत छलफल भइरहेको छ ।
।
बैठकमा नेता नेपालले बिहीबार भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेको एक नेताले बताए ।
नेता नेपालले दिउँसो २ बजे आफू निकट केन्द्रीय सदस्यहरुको बैठकसमेत बोलाएका छन् । ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्य जानकारी दिए ।
बैठकमा २०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ ।